मेटलाईफ एशियाकी कार्यकारी उपाध्यक्षले गरिन ग्राहक सेवा केन्द्रको उद्घाटन्

काठमाडौं, ७ जेठ । मेटलाइफकी कार्यकारी उपाध्यक्ष तथा हेड अफ स्ट्राटेजिक ग्रोथ मार्केट, रेबेका तादिकोन्दा, नेपाल, बंगलादेश तथा म्यानमारका मेटलाइफ चेयरम्यान एम.नुरुल इस्लाम तथा हेड अफ स्ट्राटेजी एम. अलाउद्दिन अहमदसँगै यो हप्ता नेपाल भ्रमणमा छिन् ।

उनले मेटलाईफ नेपालको मुख्य कार्यालय पुल्चोक, ललितपुरस्थित ग्राहकहरुलाई सेवा उपलब्ध गराउन स्थापना गरिएको वान कस्टमर प्लेस (ओसीपी) को उद्घाटन गरेकी छन् ।

ओसीपीमा प्रिमियम भुक्तानी, परिपक्व भएको बीमा दावी, बीमालेख समर्पण, ऋण तथा विमालेख परिवर्तन जस्ता ग्राहकसँग सम्बन्धित सम्पूर्ण सेवाहरु उपलब्ध हुने कम्पनीले बताएको छ ।

बंगलादेश, चीन, हङ्गकङ्क, भारत, मलेसिया, नेपाल तथा भियतनाम र व्यवसाय सुरु भएका नयाँ स्थानहरु लगायत मेटलाईफको व्यवसायमा तिब्र बृद्धि भएका स्थानहरुमा कम्पनीले व्यवसाय हेर्ने रेबेकाले नेपालमा मेटलाइफको प्रसंशा गरेकी छन् ।

‘नेपालमा नयाँ विमा सेवा तथा डिजिटिल अभियान भित्र्याई एक अग्रणी विमा कम्पनीको रुपमा मेटलाईफ नेपालले एकदमै राम्रो काम गरेको’ उनले भनिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here