आन्दोलित उखु किसानलाई मनाउने प्रयास, उधारो सम्झौता नगर्ने

फाइलफोटो/ किसानहरूको आन्दोलन

काठमाडौं, २९ मंसिर । एउटा हातले उधारो सहमति बोकेर आन्दोलनमा उत्रिएका उखु किसानलाई मनाउने प्रयास अघि बढेको छ ।

उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रीको अगुवाईमा उखु किसान, चिनी उद्योगी, गृह र कृषि मन्त्रालयका प्रतिनिधी राखेर सहमतिको प्रयास अघि बढेको हो ।

उखु किसानले वार्ताका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राखेको प्रस्ताव अस्वीकार गरेका छन् । उनिहरुले अब कुनै पनि हालतमा उधारो सम्झौता नहुने र अहिले किसान आफ्नो पैसा लिएर मात्रै फर्किने गरी काठमाडौं आएको बताएका छन् ।

एक वर्ष अघि पुष १८ गतेको सहमति अनुसार चिनी मिलहरुबाट उखुको भुक्तानी नपाएपछि पुस महीना शुरू हुँदै गर्दा काठमाडौंको माइतीघर मण्डलमा आएर आइतबारबाट आन्दोलन शुरु गरेका थिए ।

उखु किसानहरुले माइतीघर मण्डलामा आइतबारदेखि सुरु भएको धर्ना सोमबार दोस्रो दिन पनि जारी छ । बिहान ११ बजेबाट सुरु भएको आन्दोलनमा किसानहरु सडकमा बसेर आफ्ना मागहरु प्लेकार्ड मार्फत प्रर्दशन गरिरहेका छन् ।

अघिल्लो वर्ष १ अर्ब ६० करोड बक्यौता थियो। गत वर्षको सम्झौता र त्यसपछि मन्त्रालयले गरेको ताकेताका कारण धेरै बक्यौता रकम तिरिसकेर अहिले ४ वटा मिलले ७६ करोड रुपैयाँ बराबर तिर्न बाँकी रहेको मन्त्रालय स्रोतको दाबी छ ।

चिनी मिलबाट किसानहरुले ९० करोड रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको उखु किसान संघर्ष समितिले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here