नेप्से ५६.७२ अंकले बढेर २०६७.१७ विन्दुमा, कारोबार पुरानै लयमा फर्कियो

काठमाडौं, २९ मंसिर । साताको दोस्रो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकले बढेको छ ।

सोमबार कारोबार शुरु भएदेखि नै उकालो लागेको नेप्से ५६.७२ अंकले बढेर २०६७.१७ विन्दुमा कायम भएको हो ।

यसदिन २०२ कम्पनीको ७ अर्ब २० करोड ४१ लाख ३६ हजार ९ सय २३ रुपैयाँको कारोबार भएको छ । १ करोड २८ लाख ८८ हजार ६६ कित्ता सेयर किनबेच भएका छन् ।

केहि दिनदेखि घटेको कारोबार भने पुरानै लयमा फर्किएको छ । गतसाता करिब १०० अंकले घटेको बजार यस साताको दुई दिनमै करिब १०२ अंकले बढेको छ ।

कारोबारमा आएका १२ वटा समूहमध्ये ११ वटा समूहको परिसूचक उकालो लागेका छन् भने १ समूहको परिसूचक ओरालो लागेका छन् ।

जलविद्युत समूहबाहेक सबै समूहको परिसूचकमा हरियाली छाउदा नेप्से परिसूचक उकालो लागेको हो । यसदिन जलविद्युत समूहका लगानीकर्ताहरुले १.२१ प्रतिशत गुमाए । जीवन बीमा समूहको परिसूचक १०३३.१२ अंकले बढेको छ भने जलविद्युत् समूह २१.१५ अंकले घटेको छ ।

बढ्दो बजारमा आज १ दर्जन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । प्राइम लाइफ, ग्लोबल आइएमई लघुवित्त, नेपाल लाइफ इन्स्योरेन्स, नारायणी विकास बैंक, स्वाभिमान लघुवित्त, शिखर इन्स्योरेन्स, एनएमबी, सपोर्ट माइक्रोफाइनान्स, महुली सामुदायिक, लक्ष्मी उन्नति सहकार्य लघुवित्त कम्पनीका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

आज कारोबार भएका कुल २०२ कम्पनी मध्ये १४६ कम्पनीको मूल्य बढेको छ भने ४२ कम्पनीको मूल्य घटेको छ । १४ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।

आज लगानीकर्ता नेपाल लाइफ इन्स्योरेन्सको सेयरमा झुम्मिएका छन् । यसको सबैभन्दा धेरै ७४ करोड ३९ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

कारोबार रकमकै आधारमा नेपाल पुनर्बीमा कम्पनी ४६ करोड र नेशनल लाइफ इन्स्योरेन्स ४२ करोड सहित क्रमशः दोस्रो र तेस्रोमा रहे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here