तयार भए तीन अन्तरराष्ट्रिय रन वे, विमानस्थल तयार हुन कति लाग्छ ?

८ जेठ, काठमाडौं । १ महिना अगाडीसम्म नेपालमा एउटा मात्र अन्तरराष्ट्रिय रन वे थियो । त्यो पनि काठमाडौंमा मात्र । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विकल्प तयार भइसकेको थिएन् । तर, एक महिनाको बीचमा थप दुई अन्तरराष्ट्रिय रन वे थपिएका छन् ।

यससँगै नेपालमा जहाजको उडान र अवतरण गर्न सक्ने तीन अन्तरराष्ट्रिय धावनमार्ग तयार भएका छन् । ४ वैशाखमा पोखरा क्षेत्रिय अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माणको काम सकिएको थियो ।

मंगलबार भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका आयोजना संयोजक तथा निर्देशक प्रदीप अधिकारीले जानकारी दिए ।

उनकाअनुसार अनेक अवरोध बेहोर्दै आयोजनाको महत्वपूर्ण काम सम्पन्न भएको छ ।

गौतमबुद्ध विमानस्थलको निर्माणले पछिल्लो समय गति लिएको छ । सन् २०१९ डिसेम्बर मै सक्ने लक्ष्य लिएको यो विमानस्थलको निर्माण सक्नु पर्ने म्याद असार २०७६ हो ।

तर, प्राधिकरण भन्छ, पुसम्म अन्तरराष्ट्रिय उडान नै भइसक्ने गरी तयार हुन्छ । भैरहवामा ३ हजार लामो धावनमार्ग बनेको छ ।

यो काठमाडौं नै स्तरको धावनमार्ग हो । त्यसकारण भैरहवा अब त्रिभुवन विमानस्थलको विकल्प बनेको छ । यस विमानस्थलमा एसियाली विकास बैंकको लगानी छ ।

अहिले पुरानो आन्तरिक विमानस्थलको धावनमार्गलाई ट्याक्सी वे बनाएर ठूलो धावनमार्गबाट उडान शुरु गर्ने तयारी प्राधिकरणले गरेको छ ।

अब यहाँ धावनमार्गसहित टर्मिनल भवन, कन्ट्रोल टावर, पानी ट्यांकीजस्ता पूर्वाधार बनिरहेका छन् । यो आयोजना सवा ६ अर्ब लागतमा बन्दैछ ।

उता, पोखरामा पनि टर्मिनल भवन, एप्रोन, ट्याक्सी वे, नाला, ह्या)गर निर्माणको काम भइरहेको छ । यो विमानस्थल २०७७ साल पुसमा निर्माण सम्पन्न गरिसक्ने लक्ष्य छ ।

सन् २०१९ भित्र ६० प्रतिशत काम सक्ने लक्ष्य निर्माण कम्पनीको छ । यो विमानस्थलमा चिनियाँ एक्जिम बैंकको ऋण लगानी छ । पोखरामा भने २५ सय मिटर लामो धावनमार्ग छ ।

काठमाडौंमा पनि त्रिभुवन विमानस्थलको धावनमार्ग पुनस्र्थापनाको काम जारी छ । ३ हजार मिटर लामो यस धावनमार्गको पीच पुरै उप्काएर नयाँ पीच राख्ने काम भइरहेको छ ।

विमानस्थल अहिले साही प्रयोजनका लागि अहिले दैनिक १० घण्टा बन्छ छ । दुई भित्र यस आयोजनाको काम पनि सकिएपछि भने यो विमानस्थल २४ सै घण्टा संचालन योग्य हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here