नेपाल एसबीआई बैंक र खल्ती बीच डिजिटल भुक्तानीका लागि सम्झौता

काठमाडौं, ८ जेठ । नेपाल एसबीआई बैंक र खल्ती डिजिटल वालेटबीच डिजिटल भुक्तानी सेवाका लागि सम्झौता भएको छ ।

नेपाल एसबीआई बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) तथा प्रमुख सञ्चालन अधिकृत शुभकान्त कनुंगो र खल्तीका तर्फबाट प्रवन्ध निर्देशक मनीष मोदीले राजधानीमा एक कार्यक्रमका बीच उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता समारोहमा नेपाल एसबीआई बैंकका सीईओ तथा प्रवन्ध निर्देशक अनुकूल भटनागर र खल्तीका निर्देशक ध्रुब अधिकारीको समेत उपस्थिति रहेको थियो ।

सम्झौताअनुसार अब एसबीआई बैंकका ग्राहकहरुले इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी ‘खल्ती’ को प्लाटफर्ममा उपलब्ध सबै प्रकारका सेवाहरुको डिजिटल भुक्तानी गर्न सक्नेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

‘हामी नेपाल एसबीआई बैंकसँग यो सम्झौता गर्न पाउँदा उत्साहित छौँ । अब नेपाल एसबीआई बैंकका ग्राहकहरुले बैंकबाट नगद झिकिराख्ने झञ्झट गर्नुपर्दैन । इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी आफ्नो बैंक खाताबाट सिधै ‘खल्ती’ को प्लाटफर्ममा उपलब्ध सबै प्रकारका सेवाहरुको डिजिटल भुक्तानी गर्न सकिन्छ,’ मोदीले भने ।

वि. सं. २०७४ माघबाट सेवा शुरु गरेको खल्ती नेपाल राष्ट्र बैंकबाट अनुमती प्राप्त गेटवे हो । खल्तीको मोबाईल एप तथा वेबसाइट प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ आदि गर्ने, इ–कमर्स मार्फत किनिएको सामानको भुक्तानी, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने जस्ता सेवा लिन सकिन्छ । हाल खल्ती प्रयोगकर्ताहरुको संख्या ८ लाख भन्दा बढी रहेको कम्पनीको दाबी छ ।

नेपाल एसबीआई बैंकका हाल ८८ शाखा कार्यालय, ७ प्रादेशिक तथा क्षेत्रीय कार्यालय, १ मानवरहित अत्याधुनिक इनटच काउण्टर र १९ एक्सटेन्सन काउण्टर सहित १ सय १६ इकाई एवं र १ सय १६ एटीएम रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here