थाइल्यान्डले पर्यटकलाई आफ्नो सीमामा प्रवेश गर्न दिने, एसटीभी भिसा लागू

काठमाडौं । थाइल्यान्ड सरकारले कोरोनाका कारण लगाएको प्रतिबन्ध केहि खुकुलो पारेको छ ।

कोरोनाका कारण पर्यटन उद्योगमा पर्न गएको असरले त्यहाँको अर्थतन्त्रमा ठूलो प्रभाव पारेको कारण त्यहाँको सरकारले विशेष पर्यटक भिसा (एसटीभी) लागू गरेको हो ।

भिसाको नीति परिवर्तन गर्दै पर्यटकलाई आफ्नो सीमामा प्रवेश गर्न दिने निर्णय गरेको हो । एसटीभी भिसा अन्तर्गत चीन, भियतनाम, अस्ट्रेलियालगायतका कम कोरोना प्रभावित मुलुकका नागरिकले ९० दिनको भिसा पाउने छन् ।

यसलाई दुई पटकसम्म बढाई नौ महिनासम्मको बनाउन सकिने छ । थाइल्यान्ड पुगेपछि पर्यटकहरुले १४ दिन क्वारेन्टिनमा बस्नु अनिवार्य छ ।
थाइल्यान्ड प्रवेश गर्नका लागि पीसीआर गर्नुपर्ने छ र पर्यटक भिसाका निम्ति आवदेन दिनुपर्ने छ । ७२ घण्टाभित्रको कोरोना नेगेटिभ रिपार्ट पेश गर्नुपर्ने छ ।

यसका अतिरिक्त यात्रीले चिकित्सा बीमाको प्रमाण पनि देखाउनु पर्ने छ । थाइल्यान्ड पुगेपछि कोरोना पोजिटिभ रिपोर्ट आएका खण्डमा अस्पतालमा कम्तीमा १४ दिन बस्नुपर्ने छ ।

संसारमै सबैभन्दा लोकप्रिय पर्यटन स्थल हो, थाइल्यान्ड । २०१९ मा त्यहाँ पौने चार करोडभन्दा बढी पर्यटक पुगेका थिए ।त्यहाँको अर्थतन्त्रमा पर्यटन उद्योगको योगदान महत्त्वपूर्ण रहँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here