माउन्टेन इनर्जीको सेयर बुधबारदेखि कारोबारमा आउने, ओपनिङ् रेञ्ज कति ?

काठमाडौं, ३० मंसिर । माउन्टेन इनर्जी नेपालको साधारण सेयर (आईपीओ) पुस १ गते बुधबारदेखि दोश्रो बजारमा कारोबार हुने भएको छ ।

कम्पनीको सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएसँगै बुधबारदेखि कारोबारमा आउन लागेको हो । कम्पनीको अंकित मूल्य एक सय रुपैयाँ कायम भएको एक करोड ९६ लाख ८० हजार २७० कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो ।

यससँगै दोश्रो बजारमा पहिलो कारोबारको लागि नेप्सेले प्रतिकित्ता न्युनतम ११४.८१ रुपैयाँदेखि अधिकतम ३४४.४३ रुपैयाँ तोकेको छ ।जसको सिम्बोल ‘एमईएन’ दिइएको छ ।

बुधबार बिहान स्पेशल प्रिओपन सेसन(१०ः३० देखि १०ः४५) सम्म नेप्सेले तोकेको रेञ्जभित्र पहिलो कारोबार भएमा नियमित समय(११ देखि ३ बजे)मा माउन्टेन इनर्जीको सेयर खरिदबिक्री गर्न मिल्नेछ ।

यो कम्पनीले गत कात्तिक २६ गतेदेखि मंसिर ३ गतेसम्म दोस्रो चरणमा सर्वसाधारणका लागि १९ लाख ६८ हजार २७ कित्ता शेयर निष्काशन गरेको थियो।

जसमध्ये २ प्रतिशत अर्थात ३९ हजार ३६१ कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात ९८ हजार ४०१ कित्ता सामूहिक लगानी कोषहरुका लागि बाँडफाँड गरिएको छ। सर्वसाधारणका लागि भने १८ लाख ३० हजार २६५ कित्ता साधारण सेयरका लागि आवेदन खोलिएको थियो।

साथै, कम्पनीले सेयर सम्बन्धि कारोबारको अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायत सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्यको लागि एनआईबिइल एस क्यापिटल, लाजिम्पाटलाई सेयर रजिष्ट्रार नियुक्त गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here