गुलरिया र तुल्सीपुरमा लक्ष्मी बैंकको शाखा विस्तार

काठमाडौं, ८ जेठ । लक्ष्मी बैंकले बर्दियाको गुलरिया र दाङको तुल्सीपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

यी दुई शाखा संगै प्रदेश ५ मा मात्रै बैंकको शाखा संख्या १२ पुगेको छ ।

दुवै शाखाहरु मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्ने बैंकले बताएको छ । साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य समेत राखेको बैकले जानकारी दिएको छ ।

यी दुई नयाँ शाखासँगै लक्ष्मी बैंकको संजाल ४७ जिल्लामा फैलिएको छ । जसमा १०५ शाखा, २ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १२७ एटिएम तथा ५८ शाखा रहित बैंकिङ एजेन्टहरु रहेका छन् ।

बैंकले शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोबाईल फोन मार्फत बैंकिङ्ग सेवा प्रदान गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति लिएको बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here