उखु किसानको पैसा नदिने उद्योगी पक्राउ गर्ने सरकारको निर्णय

काठमाडौं, ३० मंसिर । सरकारले उखु किसानको पैसा भुक्तानी नदिने चिनी उद्योगीलाई पक्राउ गर्ने निर्णय गरेको छ।

मंगलबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा बसेको तीन मन्त्रीको बैठकले पैसा नदिने व्यापारीलाई पक्राउ गर्ने निर्णय गरेको हो।

गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा कृषि मन्त्री घनश्याम भुसाल, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र संघीय मामिला तथा स्थानीय विकास मन्त्री हृदयश त्रिपाठी बैठक बसेको थियो।

एक वर्ष अघि पुष १८ गतेको सहमति अनुसार चिनी मिलहरुबाट उखुको भुक्तानी नपाएपछि काठमाडौंको माइतीघर मण्डलमा आएर आइतबारबाट आन्दोलन शुरु गरेका छन् ।

उखु किसानहरुले माइतीघर मण्डलामा आइतबारदेखि सुरु भएको धर्ना ते्िरो दिन पनि जारी छ । बिहान ११ बजेबाट सुरु भएको आन्दोलनमा किसानहरु सडकमा बसेर आफ्ना मागहरु प्लेकार्ड मार्फत प्रर्दशन गरिरहेका छन् ।

अघिल्लो वर्ष १ अर्ब ६० करोड बक्यौता थियो। गत वर्षको सम्झौता र त्यसपछि मन्त्रालयले गरेको ताकेताका कारण धेरै बक्यौता रकम तिरिसकेर अहिले ४ वटा मिलले ७६ करोड रुपैयाँ बराबर तिर्न बाँकी रहेको मन्त्रालय स्रोतको दाबी छ ।

चिनी मिलबाट किसानहरुले ९० करोड रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको उखु किसान संघर्ष समितिले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here