झिनो अंकले घट्यो नेप्से, लगानीकर्ताको आकर्षण माइक्रोफाइनान्सको सेयरमा

काठमाडौं, ३० मंसिर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकले घटेको छ । मंगलबार सेयर बजार मापक सूचक नेप्से ५.७५अंकले घटेर २०६१.४१ विन्दुमा आइपुगेको छ ।

अघिल्लो दिन सोमबार ५६ अंकले बढेको बजारमा मंगलबार बिक्री चाप बढ्दा नेप्से सूचकमा सामान्य गिरावट देखिएको हो।

यसदिन २०५ कम्पनीको ९७ लाख ५५ हजार ५४७ कित्ता सेयर ६ अर्ब ६ करोड ९३ लाख ३१ हजार ६८६ रुपैयाँमा कारोबार भएको छ ।

कारोबारमा आएका १२ वटा समूहमध्ये जीवन बीमा र माइक्रोफाइनान्स समूह बाहेक अन्य सबै समूहको परिसूचक ओरालो लागेका छन् ।

आज माइक्रोफाइनान्स समूहको परिसूचक सबैभन्दा धेरै ५९.५९ अंकले बढेको छ भने उत्पादनमूलक समूह ११५.१३ अंकले घटेको छ ।

क्षेत्रगत रुपमा आज लगानीकर्ता माइक्रोफाइनान्स कम्पनीहरुको सेयरमा आकर्षित भएका छन् । घट्दो बजारमा पनि करिब आधादर्जन माइक्रोफाइनान्स कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

उन्नति सहकार्य, गुँरास, महुली सामुदायिक, ग्लोबल आइएमई, एनएमबी माइक्रोफाइनान्स र नारायणी विकास बैंकका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

लगानीकर्ता नेपाल लाइफ इन्स्योरेन्सको सेयरमा झुम्मिएका छन् । यसको सबैभन्दा धेरै ५२ करोड ३८ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

कारोबार रकमकै आधारमा नेपाल पुनर्बीमा कम्पनी ३६ करोड र नेपाल बैंक २२ करोड सहित क्रमशः दोस्रो र तेस्रोमा रहे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here