शेयर बजार ओरालो लाग्ने क्रम जारी, नेप्से ६.२० अंकले घट्दा ५ अर्ब १४ करोडको कारोबार

काठमाडौं, १ पुस । शेयर बजार ओरालो लाग्ने क्रम बुधवार पनि जारी नै रह्यो । आज नेप्से परिसूचक ६.२० अंकले घटेर २ हजार ५५.२२ अंकमा झरेको छ ।

आज ‘क’ वर्गका कमपनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि घट्यो । सेन्सेटिभ इन्डेक्स ०.४३ अंकले घटेर ३ सय ८६.९८ अंकमा झरेको छ ।

आज बैकिङ्ग, ट्रेडिङ, होटल, विकास बैंक, उत्पादन तथा प्रशोधन, लघुवित्त, र सामुहकि लगानी कोष समुहको सूचक बढ्यो भने, जलविद्युत, फाइनान्स, र्निजिवन विमा, अन्य र जिवन बिमा समुहको सूचक घट्यो ।

बुधवार सबैभन्दा धेरै लघुवित्त समुहको सूचक बढ्यो । लघुवित्तको सूचक २.३४ प्रतिशत बढ्यो । त्यस्तै, ट्रेडिङ समुहको १.१८ प्रतिशत बढ्यो भने अन्य समुहको सममान्य अंकले बढ्यो ।

सबैभन्दा धेरै घट्नेमा अन्य समुह रहेको छ । अन्य समुहको सूचक १.५१ प्रतिशत घट्यो । त्यस्तै, जलविद्युत समुहको १.४३ प्रतिशत, र्निजिवन बिमाको १.३९ प्रतिशत घट्यो ।

मंगलवारको तुलनामा आज कारोबार रकममा पनि कमी आएको छ । आज १ सय ९९ कम्पनीको १ करोड ५ लाख ५८ हजार ३ सय ९१ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १४ करोड ४६ लाख ७५ हजार ५ सय ७८ रुपैयाँको कारोबार भयो ।

आज सबैभन्दा धेरै च्याङ्दी हाइड्रोपावर र माहुली लघुवित्तका शेयर धनीले कमाए । च्याङ्दी हाइड्रोपावर र माहुली लघुवित्तका शेयर मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै, सम्मीट लघुवित्तको ९.९९ प्रतिशत, नारायणी विकास बैंकको ९.९८ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा एनएमबी ५० का शेयर धनी छन् । एनएमबी ५० को शेयर मूल्य ४.४८ प्रतिशत घट्यो । त्यस्तै, शिखर इन्स्योरेन्सको ३.३३ प्रतिशत घट्यो ।

बुधवार सबैभन्दा धेरै कारोबार नेपाल क्रेडिट एण्ड कमर्सियल बैंकले गर्यो । बैंकले ३९ करोड ४३ लाख ९५ हजार रुपैयाँ बराबरको कारोबार गर्यो । धेरै कारोबार गर्ने कम्पनीको दोस्रो नम्बरमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । इन्स्योरेन्सले ३१ करोड ९१ लाख ७६ हजार रुपैयाँ बराबरको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here