हिमालयन डिष्टिलरीले शतप्रतिशत लाभांश दिने

काठमाडौं । हिमालयन डिष्टिलरीले शेयरधनीलाई शत प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट शेयरधनीलाई शत प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

बिहिवार बसेको कम्पनी सञ्चालक समितिको बैठकले शेयरधनीलाई ५० प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित ५० प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

कम्पनीको हालको कुल चुक्ता पूँजी ५७ करोड ८४ लाख ६८ हजार रुपैयाँ छ । कम्पनीले अघिल्लो वर्ष ५० प्रतिशत बोनस तथा ५२ प्रतिशत नगद लाभांश गरेर कुल १०२ प्रतिशत लाभांश वितरण गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here