१० प्रतिशत बोनस शेयर वितरण गर्दै ज्योति विकास बैंक

काठमाडौं । ज्योति विकास बैंकले १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । बिहिवार बसेको बैंक सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकको स्वीकृती पाएसंगै बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि बोनस वितरण हुने बताईएको छ ।

अघिल्लो वर्ष १२.७५ प्रतिशत बोनस वितरण गरेको बैंकले यस वर्ष चुक्ता पुँजीको १० प्रतिशत अर्थात ३४ करोड ९५ लाख २९ हजार ३४४ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्न लागेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here