साताको शेयर बजारः ३० अर्ब आठ करोडको कारोवार, नेपाल लाइफको मात्रै २ अर्ब ८१ करोड

काठमाडौं । यो साता नेप्से परिसूचक २ हजार ३२.५१ अंकमा पुग्दा ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स ३ सय ८५.९४ अंकमा पुगेको छ ।

साताभर २ सय ५ कम्पनीको ४ करोड ४७ लाख ६६ हजार चार सय ८० कित्ता शेयर किनबेच हुँदा ३० अर्ब आठ करोड ७५ लाख १९ हजार एक सय ३५ रुपैयाँको कारोबार भयो । यो कारोवार रकम गत साताको तुलनामा १ अर्ब ५९ करोड बढी हो ।

नेपाल लाइफको मात्रै २ अर्ब ८१ करोडको कारोबार

यो साता सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीको रुपमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । इन्स्योरेन्सले यो साता २ अर्ब ८१ करोड १२ लाख रुपैयाँको कारोबार गर्यो ।

त्यस्तै, धेरै कारोबार गर्ने कम्पनीको दोस्रो स्थानमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ । पुनर्बीमा कम्पनीले यो साता २ अर्ब २२ करोड रुपैयाँको कारोबार गर्यो । यसका अलवा नेशनल लाइफ इन्स्योरेन्सले १ अर्ब ३ करोड ९२ लाख, नेपाल बैंकले ९७ करोड ३४ लाखको कारोबार गर्यो ।

बजार पुंजीकरणको आधारमा नेपाल टेलिकम पहिलो स्थानमा रहेको छ । त्यस्तै दोस्रो स्थानमा नेपाल पुनर्बीमा कम्पनी र तेस्रो स्थानमा नबिल बैंक रहेको छ ।

साताभर माउन्टेन्न इर्नर्जी कम्पनी, समृद्धि फाईनान्स, रिडी हाईड्रो पावर कम्पनी, जनउत्थान सामुुदायिक लघुबित्त बित्तीय संस्था आदिको बोनस, हकप्रद एवं साधारण सेयर नियमित कारोवारका लागि सुचीकृत भएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here