जलविद्युत कम्पनीले सेयर निष्काशन अघि विद्युत नियमन आयोगको स्वीकृति अनिवार्य

काठमाडौं ९, जेठ । जलविद्युत क्षेत्रसँग सम्बन्धित कम्पनीले प्राथमिक निष्कासन (आइपीओ) जारी गर्न विद्युत नियमन आयोगको स्वीकृति लिनुपर्ने भएको छ । धितोपत्र बोर्डले बुधबार परिपत्र गरी उक्त निर्देशन दिएको हो ।

यसअघि सेयर जारी गर्दा जलविद्युतले कुनै निकायबाट पुर्व स्वीकृति लिनुपर्ने व्यवस्था थिएन । ‘विद्युत उत्पादन, प्रसारण, वितरण वा व्यापारको काम गर्न अनुमतिप्राप्त कम्पनी वा संस्थाले सार्वजनिक रुपमा सेयर निष्काशन गर्न विद्युत नियमन आयोगको पूर्व स्वीकृति लिनुपर्ने छ,’ बोर्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

जलविद्युत कम्पनीको सार्वजनिक निष्काशनका लागि बोर्डमा निवेदन पेश गर्दा तथा निवेदन दिई स्वीकृत हुन बाँकी कम्पनीले समेत आयोगको स्वीकृति लिनुपर्ने बोर्डले जनाएको छ ।

आयोगले जलविद्युत कम्पनीको सार्वजनिक निष्काशनको आवश्यकता, संस्थागत सुशासन लगायतका विषयमा नियमन गर्ने देखिएकाले जलविद्युत क्षेत्रमा लगानी गर्ने लगानीकर्ताको हित संरक्षणमा थप मद्दत पुगी धितोपत्र बजार थप प्रभावकारी तथा विश्वसनीय हुने बोर्डले दाबी गरेको छ ।

गत चैतसम्म नेप्सेमा २ सय ७ कम्पनी सूचीकृत छन् । जसमध्ये जलविद्युत कम्पनी संख्या २६ कम्पनी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here