यस्तो छ प्रभु लाइफको आइपीओ भर्नेहरुको अन्तिम तथ्यांक, कतिले भरे ?

काठमाडौं, ४ पुस । प्रभु लाइफ इन्स्योरेन्सको प्राथमिक साधरण सेयर (आइपीओ) मा मागभन्दा ५.४२गुणा बढी आवेदन परेको छ ।

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार १० लाख ८२ हजार १४३ जनाले २ करोड ९२ लाख ८७ हजार ४३० कित्ताका लागि आवेदन दिएका हुन् ।

यो मागको तुलनामा ५.४२ गुणा बढी हो । बिक्री प्रबन्धकका अनुसार यो अन्तिम तथ्यांक हो ।

५४ लाख कित्ता सेयर सर्वसाधारणको लागि बिक्रि खुल्लागरेपनि २ करोड ९२ लाख ८७ हजार ४३० कित्ताका लागि आवेदन गरेका हुन् । तर कतिपय आवेदनमा त्रुटी भेटिएकाले भेरिफाई गरेपछि भने सामान्य परिवर्तन हुन भने सक्नेछ ।

यो नै आइपीओमा आवेदनको नयाँ रेकर्ड हो । एक वर्ष अघि सम्म अधिकतम ५ लाख आवेदन पर्ने गरेको थियो । यस अघि रिलायन्स लाइफ इन्स्योरेन्सको सेयरमा साढे ८ लाख हाराहारी आवेदन परेको थियो।

५ लाख ४० हजार व्यक्तिले १०/१० कित्ता सेयर पाउँदा करिब ५० प्रतिशत आवेदकको हात भने खाली हुने छ। हाल कम्पनीमा संस्थापक तर्फको मात्र १ अर्ब ४० करोड रुपैयाँ चुक्तापूँजी रहेको छ ।

जीवन बीमा कम्पनीहरुले कायम गर्नुपर्ने २ अर्ब रुपैयाँ पूँजी सर्वसाधारणमा आईपीओ विक्री गरेपछि कायम हुनेछ ।

प्रभु लाइफको यो आइपीओलाई इक्रा नेपालले आधारभूत पक्ष औषतभन्दा कमजोर रहेको इक्रा एनपी आईपीओ ग्रेड ४ रेटिङ प्रदान गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here