आधा घण्टामा ७६ अंकले घट्यो शेयर बजार, पुनर्बीमाको मूल्य प्रतिकित्ता १४२ रुपैयाँ घट्यो

काठमाडौं । कारोबार सुरु भएको ३० मिनेटमै नेप्से परिसूचक ७६.६० अंकले घटेर १ हजार ९ सय ५५.९१ अंकमा झरेको छ ।

अहिले ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि १३.२६ अंकले घटेर ३ सय ७२.७८ अंकमा झरेको छ ।

अहिलेसम्म १५८ कम्पनीको १० लाख ९२ हजार ७ सय ४७ कित्ता शेयर किनबेच हुँदा ८८ करोड ५९ लाख ६८ हजार ३ सय १६ रुपैयाँको कारोबार भयो ।

यस समयमा नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता १४२ रुपैयाँ घटेको छ । पुनर्बीमाको शेयर प्रतिकित्ता १३५० रुपैयाँमा कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here