यी हुन् २०२० मा सबैभन्दा धेरै कमाई गर्ने ५ सेलिब्रेटी, शिर्ष ५ मा मेस्सी र रोनाल्डोपनि

काठमाडौं । अन्तराष्ट्रिय म्यागेजिन फोब्र्सले सन् २०२० मा सबैभन्दा धेरै कमाई गर्ने विश्वका १०० सेलिब्रेटीको आम्दानी सार्वजनिक गरेको छ ।

फोब्र्सको तथ्यांक अनुसार सबैभन्दा धेरै कमाई गर्ने सेलिब्रेटीको शिर्ष ५ मा १ जना मोडल, १ जना र्यापर र ३ जना खेलाडी रहेका छन् ।

१. काइली जेनर

अमेरिकन मोडल तथा व्यापारी काइली जेनर सन् २०२० मा सबैभन्दा धेरै कमाई गर्ने सेलिब्रेटी बनेकी छन् । फोब्र्सका अनुसार काइलीले यो बर्ष ५९० मिलियन डलर कमाई गरेकी छिन् ।

कोइलीले २०२० को जनवरीमा आफ्नो ब्यूटी प्रोडक्टको ५१ प्रतिशत शेयर विक्री गरेको कारण पनि उनको कमाई धेरै रहेको फोब्र्समा उल्लेख छ ।

२. कान्ये वेष्ट

सन् २०२० मा सबैभन्दा धेरै कमाई गर्ने सेलिब्रेटीको दोस्रो स्थानमा रहेका कान्ये वेष्ट पनि अमेरिकन हुन् । व्यापारी तथा ¥यापर वेष्टले सन् २०२० मा १७० मिलियन डलर कमाई गरे । गीतसंगीतको साथै विश्वकै चर्चित ब्रान्ड एडिडाससँगको सहकार्य गरेको कारण पनि उनको कमाई बढेको फोब्र्समा उल्लेख छ ।

३. रोजर फेडेरर

स्विजरल्याण्डका टेनिस खेलाडी रोजर फेडेरर २०२० मा सबैभन्दा धेरै कमाई गर्ने विश्वकै तेस्रो सेलिब्रेटी र पहिलो खेलाडी बनेका छन् । फोब्र्समा उल्लेख भएअनुसार फेडेररले सन् २०२० मा १०६.३ मिलियन डलर कमाई गरे ।

४. क्रिस्टियानो रोनाल्डो

इटालियन क्लव युभेन्ट्सबाट व्यवसायीक फुटबल खेल्दै आएका ३५ वर्षिया पोर्चुगलका स्टार फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो २०२० मा सबैभन्दा धेरै कमाई गर्ने सेलिब्रेटीको चौथो स्थानमा छन् ।

फोब्र्समा उल्लेख भएअनुसार रोनाल्डोले सन् २०२० मा १०५ मिलियन डलर कमाई गरे ।

५. लियोनल मेस्सी

स्पेनिस क्लव बार्सिलोनाबाट व्यवसायीक फुटबल खेल्दै आएका ३३ वर्षिया अर्जेटिनी स्टार फुटबल खेलाडी लियोनल मेस्सी सन् २०२० मा सबैभन्दा धेरै कमाई गर्ने सेलिब्रेटीको पाँचौं स्थानमा छन् ।

मेस्सीले सन् २०२० मा १०४ मिलियन डलर कमाई गरेको फोब्र्सले छापेको छ ।

भारतिय सिनेमा उद्योग बलिउडबाट सर्वाधिक कमाई गर्ने सेलिब्रिटीको टप १०० को सूचीमा नायक अक्षय कुमार मात्र परेका छन् ।(एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here