शेयर बजारमा राजनीतिक कालो छायाँको प्रभाव, ९७ अंकले घट्यो नेप्से

काठमाडौं । साताको पहिलो कारोबार दिन आज नेप्से परिसूचक ९६.८८ अंकले घटेर १ हजार ९ सय ६५.६४ अंकमा झरेको छ । यो संख्या कारोबार भएको अघिल्लो दिनको तुलनामा ४.७७ प्रतिशत कम हो ।

आज ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स १६.३९ अंकले घटेर ३६९.५५ अंकमा झरेको छ । यो संख्या विहिवारको तुलनामा ४.२५ प्रतिशत कम हो ।

आज कारोबारमा आएका सबै उपसमुहको सूचक घट्यो । आइतवार सबैभन्दा धेरै अन्य समुहको सूचक घट्यो । अन्यको सूचक ८.३९ प्रतिशत द्धट्यो । त्यस्तै, जलविद्युत समुहको ६.६८ प्रतिशत घट्यो ।

आइतवार १ सय ९८ कम्पनीको १ करोड ४५ लाख ९ हजार ५ सय ३३ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ४ करोड ९७ लाख रुपैयाँ बराबरको कारोबार गर्यो । आज लगानीकर्ताको रोजाइमा शिखर नेपाल लाइफ इन्स्योरेन्स परेको छ । भाउ घटेको बेला सस्तोमा सेयर किन्ने हाबी हुँदा यस कम्पनीको मात्र १ अर्ब बढीको कारोबार भएको छ ।

नेपाल लाइफ एकैदिन १ अर्ब बढीको सेयर कारोबार हुने दोस्रो कम्पनी बनेको छ । यसअघि पुनर्बीमा कम्पनीको एकैदिन १ अर्ब बढीको कारोबार भएको थियो ।

घट्दो बजारमा आज युनाइटेड इदी मार्दी कम्पनीको सेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । आजबाटै कारोबारमा आएको यस कम्प्नीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ ।

भीषण पहिरो गएको बजारमा आज करिब आधा दर्जन कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । सूर्योदय, नेरुडे, स्वावलम्वन लघुवित्त, छ्याङ्दी हाइड्रोपावर, अपर तामाकोशी, फरवार्ड लघुवित्त र नेपाल पुनर्बीमा कम्पनीका सेयरधनीले करिब १० प्रतिशत गुमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here