प्रतितोला ९०० रुपैयाँ बढ्यो सुनको मूल्य, कति छ कारोबार मूल्य ?

काठमाडौं । आज छापावाल सुनको मूल्य प्रतिलोला ९०० रुपैयाँ बढेको छ ।

आइतवार प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा आज ९०० रुपैयाँ बढ्दै प्रतितोला ९५ हजार २०० रुपैयाँ कायम भएको नेपाल सूनचाँदी व्यवसायी महासंघले बताएको छ ।

सोमवार तेजावी सुनको मूल्य पनि प्रतितोला ९०० रुपैयाँ नै बढेको छ । आज तेजावी सुनको कारोबार मूल्य ९४ हजार ७०० रुपैयाँ कायम भएको छ ।

सोमवार चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँ बढ्यो । आज चाँदीको कारोबार मूल्य १३ सय २० रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here