काठमाडौं । कारोबार सुरु भएको ३० मिनेटमै नेप्से परिसूचक ५७.९१ अंकले घटेर १ हजार ८ सय ७७.७२ अंकमा झरेको छ ।
यसबिचमा ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि ११.०७ अंकले घटेर ३ सय ५८.४८ अंकमा झरेको छ ।
अहिलेसम्म १५१ कम्पनीको १२ लाख ७३ हजार २ सय ८५ कित्ता शेयर किनबेच हुँदा ९० करोड ७० लाख ७ हजार ६७ रुपैयाँको कारोबार भयो ।