अमेरिकाका नवनिर्वाचित राष्ट्रपति बाइडेनले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले कोरोनाविरुद्धको खोप लगाएका छन्। टेलिभिजनमा प्रत्यक्ष प्रसारण गराएका उनले फाइजरले उत्पादन गरेको खोपको पहिलो मात्रा लिएका हुन्।

उनले भनेका छन्, ‘खोप सुरक्षित छ भनेर सबै अमेरिकीलाई आश्वास्त पार्न प्रत्यक्ष प्रसारण गरेको हुँ।’
अमेरिकी सञ्चारमाध्यमका अनुसार यसअघि बहालवाला उपराष्ट्रपति माइक पेन्स, सभामुख न्यान्सी बेलोसीलगायतले यो खोप लगाइसकेका छन्।

अमेरिकामा अहिलेसम्म पाँच लाखभन्दा धेरै अमेरिकीले खोप लगाइसकेका बीबीसीमा उल्लेख छ । कोरोना भाइरसको महामारीका कारण सबैभन्दा प्रभावित भएको अमेरिकामा सङ्क्रमितको संख्या एक करोड ८४ लाखभन्दा बढी छ । यस्तै अहिलेसम्म तीन लाख २६ हजारको ज्यान गएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here