सेयर बजारमा हरियाली, आधा घण्टामै नेप्से ५३.८९ अंकले बढ्यो

काठमाडौं, ७ पुस । संसद् विघटन गरेको तेस्रो दिन नै सेयर बजारमा हरियाली देखिएको छ ।

आइतबार संसद् विघटनसँगै ९६ अंकको गिरवट आएको सेयर बजारमा मंगलबार प्रि-ओपन सेसनबाटै हरीयाली देखिएको छ ।

बजारमा ११ बजेर ३० मिनेटमा नेप्से परिसूचक नेप्से ५३.८९ अंकले बढेरले वृद्धि हुँदा २०१९.८४ बिन्दुमा पुगेको छ । सोमबार दिनभर उतारचढावबीच ३० अंकको वृद्धि भएको थियो ।

यस अवधिमा १७३ कम्पनीको १६ लाख ४९ हजमार ९३४ कित्ता सेयर किनबेच हुँदा ८७ करोड ८३ लाख १२ हजार ४ सय ६१ हजार रुपैयाँको कारोबार भएको छ । म्युचुअल फन्डबाहेक सबै समुहको उपसूचक हरीयाली देखिँएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here