काठमाडौं, ७ पुस । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको विवाद उत्कर्षमा छ । प्रधानमन्त्री केपी ओलीको प्रस्तावमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेपछि विवाद उत्कर्षमा पुगेको हो ।
विवाद विभाजनसम्म पुगेको छ । बालुवाटारमा भेला भएको ओली समूहको बैठकले केन्द्रीय सदस्य संख्या ११९९ बनाएर थपेर महाधिवेशन आयोजक समिति घोषणा गरेको छ ।
हाल नेकपाको केन्द्रीय सदस्य ४४६ जनाको रहेको छ भने ७५३ जना थपिएसँगै केन्द्रीय सदस्य ११९९ जनाको हुनेछ । जुन महाधिवेशन आयोजक समितिको रुपमा रहने निर्णय गरेको छ ।
महाधिवेशन आगामी वर्ष मंसिर २ मा गर्ने निर्णय गरेको छ । बैठकले प्रदीप ज्ञवालीलाई प्रवक्ता तोकेको छ भने पुस ९ गते महाधिवेशन आयोजक कमिटीको पहिलो बैठक बोलाइएको छ ।
नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक अहिले केहीबेरमा बस्दैछ।
[…] […]