शेयर बजारमा उछाल, नेप्से ९५.४६ अंकले बढ्दा राष्ट्रिय बीमा कम्पनीको मूल्य प्रतिकित्ता १२५५ बढ्यो

काठमाडौं, ७ पुस । साताको तेस्रो कारोबार दिन आज शेयर बजारमा उछाल देखिएको छ । मंगलवार नेप्से परिसूचक ९५.४६ अंकले बढेर २ हजार ६१.४१ अंकमा पुगेको छ । यो सोमवारको तुलनामा ४.८६ प्रतिशत बढि हो ।

आज ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि १५.१८ अंकले बढेर ३ सय ९१.७४ अंकमा पुगेको छ । यो संख्या सोमवारको तुलनामा ४.०३ प्रतिशत बढी हो ।

मंगलवार कारोबारमा आएका सबै समुहको सूचक बढ्यो । आज सबैभन्दा धेरै जीवन बीमा समुहको सूचक बढ्यो । जीवन बीमा समुहको सूचक ७.४३ प्रतिशत बढ्यो । त्यस्तै, र्निजीवन बीमाको ५.७३ प्रतिशत, जलविद्युतको ५.१४ बढ्यो ।

आज २०५ कम्पनीको १ करोड २७ लाख १७ हजार १ सय ४६ कित्ता शेयर किनबेच हुदाँ ६ अर्ब ७४ करोड ७ लाख ४४ हजार रुपैयाँ बराबरको कारोबार भयो ।

मंगलवार सबैभन्दा धेरै शिखर इन्स्योरेन्सका शेयर धनीले कमाए । इन्स्योरेन्सको शेयर मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै, नबिल बैंकको ९.९९ प्रतिशत, सान्जेन जलविद्युतको ९.९६ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा नारायणी विकास बैंकका शेयर धनी छन् । बैंकको शेयर मूल्य ९.९२ प्रतिशत घट्यो । त्यस्तै, यूनाईडेड मार्दीको ९.९० प्रतिशत घट्यो ।

आज राष्ट्रिय बीमा कम्पनी शेयर मूल्य प्रतिकित्ता १२५५ रुपैयाँ बढ्यो । यो संगै राष्ट्रिय बीमा कम्पनीको. शेयर मूल्य प्रतिकित्ता १४ हजार ८ सय ६० रुपैयाँ पुगेको छ ।

आज सबैभन्दा धेरै कारोबार नेपाल इन्स्योरेन्स कम्पनीले गर्यो । इन्स्योरेन्सले ८६ करोड ३६ लाख ८२ हजार रुपैयाँको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here