राजनीतिक प्रभावबाट बाहिरियो शेयर बजार, आधा घण्टामै १ अर्ब ६९ करोडको कारोबार

काठमाडौं, ८ पुस । राजनीतिक प्रभावबाट सेयर बजार बाहिर आएको छ । सोमबार तीव्र उछाल आएर बन्द भएको बजार मंगलबारपनि सुरुवाती देखि नै उकालो लागेको छ ।

बजारमा ११ बजेर ३० मिनेटमा नेप्से परिसूचक नेप्से ३५.८६ अंकले बढेरले वृद्धि हुँदा २०९७.२७ बिन्दुमा पुगेको छ ।

यस अवधिमा १७९ कम्पनीको १९ लाख ५६ हजमार ५१४ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ६९ करोड ५८ लाख २८ हजार ८ सय ७९ हजार रुपैयाँको कारोबार भएको छ ।

होटल र अन्य बाहेक सबै समुहको उपसूचक हरीयाली देखिँएको छ । बम्पर लाभांश घोषणा गरेका नबिल बैंक र नेपाल लाइफ इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले बढेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here