प्रधानमन्त्री ओलीले मोदीलाई फोन गरेर दिए बधाई

काठमाडौैं, ९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई लोकसभा निर्वाचनमा विजय हासिल गरेकोमा बधाइ तथा शुभकामना व्यक्त गरेका छन् ।

आज अपरान्हप्रधानमन्त्री ओलीले प्रधानमन्त्री मोदीलाई टेलिफोन गरी प्रधानमन्त्रीका रुपमा आगामी कार्यकालको सफलताको शुभकामना पनि व्यक्त गरेका हुन् ।

लिफोन संवादका क्रममा आगामी दिनमा दुई देशको सम्बन्ध अझ समुधुर हुंदै जाने विश्वास दुवै प्रधानमन्त्रीहरुले व्यक्त गरे ।

साथै उनले १२ बजेर ३८ मिनेट जाँदा ट्विट मार्फत पनि मोदीलाई शुभकामना दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here