‘नयाँ ब्रोकर कमिशन घटाउने, स्टक डिलरको लाईसेन्स यसै महिना’- अध्यक्ष ढुंगाना

काठमाडौं, ९ पुस । अग्रेजी नयाँ वर्ष (पुष १७ गते) देखि नयाँ ब्रोकर कमिसन लागू हुने नेपाल धितोपत्र बोर्डले जनाएको छ ।

विहीबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को नयाँ कार्यसमितिसँगको भेटमा बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले नयाँ वर्ष २०२१ देखि नयाँ ब्रोकर कमिसन लागू गरिने बताएका हुन ।

उनले कमिशन घटाउँदा स्ल्याब पनि पुनर्विचार गर्नु पर्ने बताए। ‘माेडालिटिमा हामी करिब करिब अन्तिम चरणामा छाै, तर काम अझै बाँकी छ ।’

प्राविधिक रुपमा पनि थुप्रै काम गर्न बाँकी रहेकोले सम्भवत अंग्रेजी नयाँ वर्षदेखि नयाँ ब्रोकर कमिशन लागू गर्न सकिने उनको भनाई थियो।

उनले स्टक डिलर इजाजत यसै महिना दिन सकिने अवस्था भएको पनि जानकारी दिएका छन् ।

उनले बोर्डले पुँजीबजार विकास तथा सुधारको लागि बोर्डले निरन्तर कार्य गरिरहेको बताए । पछिल्लो समय डिम्याटको संख्या १६ लाखबाट २३ लाख पुगेको, अनलाइन शेयर काराेबार गर्नेको संख्या एक वर्षमा २२ हजारबाट २ लाख २० हजार पुगेको, गत महिना नेप्से हालसम्मकै सबैभन्दा उच्च बिन्दुमा पुगेको उनले बताए ।

बैक इन्ट्रीगेसन, ब्राेकर टीएमएस सुधार, इलेक्ट्रोनिक रिपोर्टिङको लागि कार्य भईरहेको र इ केवाईसी भर्ने व्यवस्था मिलाउन सीडीएसीलाई कार्यविधि बनाउन निर्देशन दिएको पनि उनले बताए ।

हाल ब्रोकर कमिशनको न्यूनतम विन्दु ०.४०देखि ०.६० प्रतिशतसम्म ब्रोकर कम्पनीहरुले लिदै आएका छन् । त्यस्तै, पाँच अर्ब चुक्तापुँजी रहेको नागरिक स्टक डिलर नयाँ स्वरुपमा चाडै आउने बोर्डका अध्यक्ष ढुंगानाले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here