प्रभु लाइफको आइपीओ बाँडफाँड, ४८.४२ प्रतिशत आवेदकको हात खाली

काठमाडौं, १० पुस । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको आइपीओ बाँडफाँड भएको छ ।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडको काठमाडौं नक्सालस्थित नारायणचौरमा रहेको कार्यालयमा शुक्रबार बिहान ११ बजे आइपीओ बाँडफाँड भएको हो ।

मागभन्दा बढी आवेदन परेका कारण आइपीओको बाँडफाँड गोलाप्रथाबाट गरिएको छ । सिद्धार्थ क्यापिटलमा भएको बाँडफाँड अनुसार भाग्यशाली ५ लाख ४० हजार जनाले गोलप्रथाबाट १० कित्ताका दरले सेयर पाएका छन् भने ५ लाख ९ हजार ४७ जनाको हात रित्तो भएको छ ।

क्यापिटलका अनुसार प्रभुको आइपीओमा कुल १० लाख ५१ हजार २१६ जनाले आवेदन दिएका थिए । सोमध्ये २ हजार १६९ आवेदन रद्द भएका थिए ।

कम्पनीले पुस २९ गतेदेखि ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ निष्काशन गरेको थियो ।

जसमध्ये ३ लाख कित्ता कम्पनीको कर्मचारी र ३ लाख कित्ता सामूहिक लगानीकोषका लागि छुट्याइएको थियो भने ५४ लाख कित्ताका लागि सर्वसाधरणका लागि छुट्याइएको छ ।

कम्पनीको आइपीओमा १० लाख ८२ हजार १४१ आवेदकले २ करोड ९२ लाख ८७ हजार ७१० कित्ताका लागि आवेदन दिएका छन् । यो मागको साढे ५ गुणा बढी हो। हाल कम्पनीमा चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ भने आइपीओपछि २ अर्ब पुग्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here