रेनो गाडीको बजेट अघि बेनिफिट अफर

काठमाडौं, ९ जेठ । नेपालस्थित रेनो गाडीको आधिकारक बितरक एडभान्स अटोमोबाईलले ‘रेनो बजेट अघि बेनिफिट’ अफर ल्याएको छ ।

यस अफर अन्र्तगत आगामी आर्थिक वर्षको बजेट भाषण हुनु अगाडि नै रेनो गाडी बुकिङ अथवा खरिद गरेमा विभिन्न छुटहरु प्राप्त गर्ने छन् ।

अफरमा ग्राहकहरुले ५ लाख रपैयाँ सम्मको नगद छुट प्राप्त गर्न सक्ने छन् ।

साथै ग्राहकहरुले रेनो गाडी बुकिङ वा खरिद गर्दा निशुल्क रोड कर, तुरुन्त एक्सचेन्ज तथा ५ वर्षसम्मको वारेन्टी दिइने पनि कम्पनीले बताएको छ ।

यो अफर रेनो ब्राण्डका क्विड, डस्टर र क्यापचर गाडीमा सिमित अवधिका लागि उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here