पाँच महिनामा लगानीकर्ताको सम्पत्ति साढे ९ खर्बले बढ्यो

काठमाडौं, १० पुस । चालु आर्थिक वर्षको ५ महिनामा शेयर बजारको आकार (पुँजीकरण) साढे ९ खर्बभन्दा धेरैले बढेको छ ।

गत असार मसान्तदेखि मंसिरसम्मको तथ्यांकमा यस्तो देखिएको हो ।

शेयर बजारको आकार देखाउने कुल बजार पुँजीकरण यो अवधिमा ९ खर्ब ७० अर्ब ८९ करोडले बढेको छ । असार मसान्तमा १७ खर्ब ९२ अर्ब ७६ करोड रुपैयाँको बजार मंसिर मसान्तसम्म आइपुग्दा २७ खर्ब ६३ अर्ब ६५ करोडको बनेको हो ।

तर, मंसिरयता गत आइतवारसम्मको कारोबारमा यस्तो बजार पुँजीकरण २७ खर्ब ४२ अर्ब १७ करोड रुपैयाँ रहेको छ ।

बजारमा सुचिकूत कूल शेयर संख्यालाई बजार मूल्यले गुणा गरी कुल बजार पुँजीकरण निकालिन्छ । अहिले बजार बढिरहेकाले अधिकांश कम्पनीहरुको शेयर मूल्य बढेको छ । यही कारण कुल बजार पुँजीकरण पनि बढेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here