नयाँ ब्रोकर कमिसन दर लागू, सेयर बजारमा कस्तो प्रभाव पर्ला ?

काठमाडौं, १२ पुस । नेपाल धितोपत्र बोर्डले घटाएको ब्रोकर कसिमन आजदेखि लागू हुँदैछ । बोर्डले सेयर खरीदबिक्री वापत लगानीकर्ताले ब्रोकरलाई तिर्नुपर्ने कमिशन शुक्रबार घटाएको थियो ।

बोर्डले शुक्रवार अधिकतम ०.४० प्रतिशत हुने गरी कमिशन घटाएको हो । यस अघि ब्रोकर कमिशन अधिकतम् ०.६० प्रतिशतसम्म रहेको थियो । पहिलेदेखि नै सेयर ब्रोकरहरूले ब्रोकर कमिशन घटाउन माग गर्दै आएका थिए।

बोर्डको यो निर्णयसँगै अब लगानीकर्ताहरुले रू.५० हजारसम्मको शेयर कारोबारमा शून्य दशमलव ४० प्रतिशत, रू. ५० हजारभन्दा माथि रू. ५ लाखसम्मको कारोबारमा शून्य दशमलव ३७ प्रतिशत, रू. ५ लाखभन्दा माथि रू. २० लाखसम्मको कारोबारमा शून्य दशमलव ३४ प्रतिशत, रू. २० लाखभन्दा माथि रू. १ करोडसम्मको कारोबारमा शून्य दशमलव ३० प्रतिशत र रू. १ करोडभन्दा माथिको कारोबारमा शून्य दशमलव २७ प्रतिशत ब्रोकर कमिशन मात्र तिर्नुपर्ने छ ।

बोर्डले शून्य दशमलव २७ प्रतिशतदेखि शून्य दशमलव ४० प्रतिशत ब्रोकर कमिशन निर्धारण गरेको हो । यसअघि धितोपत्र दोस्रो बजारमा शेयर कारोबार गर्दा शून्य दशमलव ४० प्रतिशतदेखि शून्य दशमलव ६० प्रतिशतसम्म कमिसन तिर्नुपर्ने व्यवस्था थियो । लगानीकर्ताहरुले रू. ५० हजारसम्मको शेयर खरीदविक्री गर्दा शून्य दशमलव ६० प्रतिशत र रू. ५० हजारदेखि रू. ५ लाख सम्मको कारोबारमा शून्य दशमलव ५५ प्रतिशत कमिसन तिर्नुपर्दथ्यो ।

त्यस्तै रू. ५ लाखदेखि रू. २० लाखासम्मको कारोबारमा शून्य दशमलव ५० प्रतिशत, रू. २० लाखदेखि रू. १ करोडसम्मको कारोबारमा शून्य दशमलव ४५ प्रतिशत र सोभन्दा माथीको कारोबारमा शून्य दशमलव ४० प्रतिशत कमिशन तिर्नुपर्ने व्यवस्था थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here