शेयर बजार राताम्मै, नेप्से ४० अंकले घट्दा ४ अर्ब ६२ करोडको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन आज शेयर बजार राताम्मै बनेको छ । आइतवार नेप्से परिसूचक ३९.९८ अंकले घटेर १ हजार ९ सय ९८.६५ अंकमा झरेको छ । यो संख्या अघिल्लो दिनको तुलनामा १.९६ प्रतिशत कम हो ।

आइतवार ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि घट्यो । आज सेन्सेटिभ इन्डेक्स ५.३३ अंकले घटेर ३ सय ८१.४३ अंकमा झरेको छ ।

आज सबै समुहको सूचक घट्यो । आइतवार सबैभन्दा धेरै जीवन होटल समुहको सूचक घट्यो । होटलको सूचक ४.६६ प्रतिशत घट्यो । त्यस्तै, जीवन बीमाको सूचक ३.७९ प्रतिशत घट्यो । अन्यको २७५ प्रतिशत घट्यो ।

आज २०४ कम्पनीको ८० लाख ५३ हजार १ सय २६ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६२ करोड ३४ लाख ५२ हजार ३ सय १२ रुपैयाँको कारोबार भयो ।

आइतवार सबैभन्दा धेरै नारायणी विकास बैंकका शेयर धनीले कमाए । बैंकको शेयर मूल्य ९.८१ प्रतिशत बढ्यो । त्यस्तै, आशा लघुवित्तको ५.०६ बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा विशाल बजार कम्पनीका शेयर धनी छन् । कम्पनीको शेयर मूल्य ५.५४ प्रतिशत घट्यो । त्यस्तै, सोल्टी होटलको ५.३७ प्रतिशत घट्यो ।

आज सबैभन्दा धेरै कारोबार नेपाल लाइफ इन्स्योरेन्सले गर्यो । इन्स्योरेन्सले ६७ करोड ५७ लाख ४३ हजार रुपैयाँको कारोबार गर्यो । इन्स्योरेन्सको शेयर आइतवार प्रतिकित्ता २,२२४ रुपैयाँमा कारोबार भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here