‘निजी क्षेत्रलाई हेर्ने परम्परावादी दृष्टिकोणले लगानीको वातावरण बन्दैन’- वरिष्ठ उपाध्यक्ष ढकाल

पोखरा, १२ पुस । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राज्यले निजी क्षेत्रलाई हेर्ने परम्परावादी दृष्टिकोणमा परिवर्तन गर्न जरुरी रहेको बताएका छन् ।

पोखरामा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको चौथौं प्रदेश सभा तथा दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले देशमा लगानी मैत्री वातावरण बनाउन, निजी क्षेत्रलाई लगानीका लागि सहजीकरण गर्न र सम्मृद्ध नेपाल निर्माण गर्नका लागि राज्यले निजी क्षेत्रलाई हेर्ने परम्परावादी दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने बताएका हुन् ।

राज्यले निजी क्षेत्रलाई पुरानै दृष्टिकोणले हेर्ने हो भने जति नै धेरै लगानी सम्भावनाहरु भए पनि निजी क्षेत्रको लगानी आउन नसक्ने बताउदै उहाँले परम्परागत नियम, कानुन र दृष्टिकोण विस्तारै परिवर्तन गर्न जरुरी रहेको बताए ।

मलेशियाको विकासको नमूनाबारे उदाहरणहरु प्रस्तुत गर्दै ढकालले जबसम्म सरकारले निजी क्षेत्रलाई व्यावसायिक पार्टनरको रुपमा लिँदैन निजी क्षेत्रको लगानी विस्तार उनको भनाई थियो ।

उत्तरदेखि दक्षिणसम्म फैलिएको गण्डकी प्रदेश धेरै सम्भावना रहेको क्षेत्र भएको बताउँदै उनले राज्यले यसलाई मनन गरी लगानी मैत्री वातावरण निर्माण गरिदिनु पर्ने बताए ।

“दुई छिमेकी मुलुकहरु चीन र भारतसँग सिमाना फैलिएको गण्डकी प्रदेश, सम्भावनै सम्भावनाले भरिएको प्रदेश हो । यस प्रदेशमा ऊर्जा, पर्यटन, कृषि तथा अन्य धेरै उद्योग व्यवसायहरुको धेरै सम्भावना छ । यी सम्भावनालाई वास्तविकतामा बदल्न आवश्यक वातावरण बनाउने काम राज्यको हो,” उनले भने ।

कोभिड–१९ ले प्रभाव पारेको अर्थतन्त्रलाई लयमा ल्याउन राज्यले विशेष कार्यक्रमहरु ल्याउन जरुरी रहेको बताउँदै सरकारले ल्याएको राहत सम्बन्धित व्यवसायीहरुले पनि पाउन नसकेको उनको दाबी थियो ।

“बजेट आउँदा कोभिडको अहिलेको अवस्थालाई परिकल्पना गरिएको पनि थिएन । साथै तत्कालिन अवस्थामा बजेट तथा मौद्रिक नीति मार्फत ल्याइएका कार्यक्रमहरु अहिलेको अवस्थामा अपूर्ण छन् । । यसलाई पुनरावलोकन गरी अहिलेको समस्यालाई सम्बोधन गर्नेगरी ल्याउनु जरुरी छ ।

मुलुकलाई आर्थिक विकास तथा सम्मृद्धिकोे बाटो अगाडि बढाउनका लागि सर्वप्रथम कोभिडबाट प्रभावित व्यवसायलाई पुरानै लयमा ल्याउन जरुरी रहेको बताउँदै उनले यसमा राज्य तथा सम्बन्धित सरोकारवालाहरुको ध्यान पुग्ने आशा गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here