सडकमा उखु किसानको १६ औं दिन, दिउँसो ३ बजे उद्योग मन्त्रालयसंग बार्ता

काठमाडौं । उखुको भुक्तानी माग गर्दै विभिन्न जिल्लाबाट काठमाडौं आएका किसानहरू विगत १६ दिनदेखि माइतीघर मण्डलमा प्रदर्शन गरिरहेका छन् ।

यसविचमा सरकारबाट उनीहरुको भुक्तानी दिलाउन कुनै ठोस् पहल भएको छैन । तर, केही उद्योगीले भने पछिल्लो समय किसानको खातामा रकम पठाएका छन् । सरकारले तोकेको भन्दापनि कम दरमा भुक्तानी पाएको गुनासो गर्दै आएका उखु किसान खातामा सबै भुक्तानी नपाउँदासम्म आन्दोलन जारी राख्ने अडानमा छन् ।

गत वर्षपनि काठमाडौंको माइतीघरमा आएर आन्दोलन गरेका उखु किसान सरकारको रोहबरमा किसान र उद्योगीबीच एक महिनाभित्र भुक्तानी दिने सहमति भएपछि घर फर्किएका थिए । तर, एक वर्षसम्म पनि भुक्तानी नपाएपछि तिनै किसान फेरि काठमाडौंमा आएर आन्दोलन गरिरहेका छन् ।

उद्योग तथा वाणिज्य मन्त्रालयले उखु किसानलाई आज बार्ताको लागि मन्त्रालयमा बोलाएको छ । मन्त्रालयले दिएको जानकारी अनुसार उखु किसानलाई दिउँसो ३ बजे वार्ताका लागि बोलाइएको छ ।

किसानहरूले उद्योगीहरूबाट ९० करोड रुपैयाँ लिन बाँकी रहेको बताउदै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here