इन्फ्रास्ट्रक्चर बैंकले ल्याउन लागेको हालसम्मकै ठूलो आइपिओमा कति आवेदन दिँदा ठिक ?

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले प्राथमिक सेयर(आइपिओ) जारी गर्न नेपाल धितोपत्र बोर्डको अनुमति पाएको छ । आठ अर्ब रुपैयाँको आठ करोड कित्ता सेयर निष्कासनको अनुमति पाएको यो आइपिओ नेपालमा अहिलेसम्मकै ठूलो हो ।

आइपिओ भर्ने सबैले सेयर पाउने पक्का छ । १० कित्ता सेयर नीतिअनुसार अहिले आइपिओ वितरण हुने गरेको छ । बैंकको आठ करोड कित्ता सेयर १० कित्ताका दरले ८८ लाख जनाले पाउने सम्भावना रहन्छ । नेपालमा ८८ लाख आवेदक भने छैनन् ।

तर बढीमा १२ लाख जनाले आवेदन दिने हुँदा पूर्वाधार बैङ्कको सेयर भर्ने जति सबैलाई पर्नेछ । हालसम्म नेपालमा डिम्याट खाता खोल्नेको संख्या २३ लाख भन्दा धेरै रहेको छ भने आइपीओमा सहभागिता देखाउने डिम्याटको संख्या १० लाखभन्दा धेरै छ ।

यस अघि खुलेको प्रभु लाइफको सेयरमा १० लाख ५१ हजार २१६ जनाले आवेदन दिएका थिए । सोमध्ये २ हजार १६९ आवेदन रद्द भएका थिए ।

बैंकको आइपीओ आउने बेला सम्ममा आवेदकको संख्या धेरै बढे १२ लाख पुग्ने देखिन्छ । उक्त संख्यालाई आधार मान्दा जस बैंकको आइपीओमा प्रति आवेदक ६६ देखि ७० कित्ता सम्म शेयर पर्ने सम्भावना प्रवल छ । तर, उक्त आइपीओमा सेयर पर्ला भन्ने आवेदकले दिने आवेदनमा पनि भर पर्ने देखिन्छ ।

‘शेयरको मूल्य बढ्दैमा बेच्ने र घट्दैमा किन्नेले बजार चिनेको हुँदैन’

हालसम्मकै ठूलो आइपिओ ल्याउन इन्फ्रास्ट्रक्चर बैंकले पायो अनुमति, निष्काशन कहिले ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here