१३ देशमा फैलियो नयाँ रुपको कोरोना, पछिल्लो संक्रमण दक्षिण कोरियामा

काठमाडौं । बेलायतमा सबैभन्दा पहिले देखिएको नयाँ रुपको कोरोना भाइरसको संक्रमण विश्वका १३ देशमा फैलिएको छ ।

यसअघि अस्ट्रेलिया, बेलायत, क्यानडा, फ्रान्स, इटाली, जापान, जोर्डन, लेवनान, नेदलल्याण्ड्स, नाइजेरिया, सिंगापुर, स्पेन गरी १२ देशमा कोरोना फैलिएकोमा पछिल्लो समय दक्षिण कोरियामा पनि संक्रमण देखिएको हो ।

डिसेम्बर २२ तारिखमा बेलायतबाट दक्षिण कोरियामा आएका व्यक्तिहरुमा उक्त संक्रमण देखिएको दक्षिण कोरियाली सञ्चार माध्यमहरुले जनाएका छन् ।

दक्षिण कोरियामा अहिलेसम्म १० लाख ३० हजारभन्दा धेरै मानिसमा कोरोना संक्रमण भईसकेको छ ।

अहिलेसम्म तीनथरि नयाँ रुपको कोरोना संसारभरिका १३ देशहरुमा देखापरिसकेको छ ।

कोरोनाको नयाँ प्रकार सबैभन्दा पहिले डिसेम्बर १४ मा बेलायतमा देखापरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here