साढे ८ अंकले बढ्यो शेयर बजार, ३ अर्ब ८५ करोडको कारोबार

काठमाडौं, १३ पुस । साताको दोस्रो कारोबार दिन आज नेप्से परिसूचक ८.५७ अंकले बढेर २ हजार ७.२९ अंकमा पुगेको छ ।

आज ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि बढ्यो । सेन्सेटिभ इन्डेक्स १.१४ अंकले बढेर ३ सय ८२.५७ अंकमा पुगेको छ ।

आज कारोबार आएका मध्ये ट्रेडिङ, विकास बैंक र अन्य समुहको सूचक घट्यो भने अरु सबै समुहको सूचक बढ्यो । ट्रेडिङको सूचक २.४६ प्रतिशत घट्यो । त्यस्तै, ०.४८ प्रतिशत र अन्य समुहको ०.०६ प्रतिशत घट्यो ।

सबैभन्दा धेरै बढ्नेमा उत्पादन तथा प्रशोधन समुह रहेको छ । उत्पादन तथा प्रशोधनको २.०४ प्रतिशत बढ्यो । निर्जीवन बीमाको ०.८१ प्रतिशत बढ्यो ।

आइतवारको तुलनामा आज कारोबार रकममा भने केही कमी आएको छ । आज २१४ कम्पनीको ७४ लाख ९७ हजार ३ सय ८४ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८५ करोड ३ लाख २० हजार ४५ रुपैयाँको कारोबार भयो ।

आज सबैभन्दा धेरै नारायणी विकास बैंकका शेयर धनीले कमाए र विकास बैंकको शेयर मूल्य ९.९० प्रतिशत बढ्यो । त्यस्तै, सेन्ट्रल फाइनान्सको ९.६२ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा एसबिएल डिब्यूनिटका शेयर धनी छन् । एसबिएलको शेयर मूल्य ७.६० प्रतिशत घट्यो ।

आज सबैभन्दा धेरै कारोबार नेपाल लाइफ इन्स्योरेन्सले गर्यो । इन्स्योरेन्सले ३४ करोड ९१ लाख रुपैयाँको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here