भारतमा मासिक एक अर्ब स्यानिटरी प्याडको प्रयोग

काठमाडौं । छिमेकी राष्ट्र भारतमा एक महिनामा १ अर्बवटा स्यानिटरी प्याड प्रयोग हुने गरेको तथ्यांक सार्वजनिक भएको छ ।

भारतिय सरकारको न्याश्नल फेमिली हेल्थ सर्भे-४ को तथ्यांक अनुसार त्यहाँ महिनावारी हुने महिला तथा किशोरीको सङ्ख्या करिब साढे ३५ करोड छ ।

फेमिली हेल्थ सर्भे-४ तथ्यांकलाई आधार मान्दा भारतमा अनुसार १५ देखि २४ वर्ष उमेरका ४२ प्रतिशत किशोरीहरूले स्यानिटरी प्याडको प्रयोग गर्ने गरेका छन् ।

यो संख्यामा २४ वर्षमाथिका महिलाहरुलाई पनि जोड्ने हो भने महिनावारीका बेला प्रयोग हुने स्यानिटरी प्याडको सङ्ख्या अझै बढ्छ ।

भारतमा वार्षिक १२ अर्बवटा भन्दा धेरै स्यानिटरी प्याडको प्रयोग हुने गरेको छ । महिनावारीको समयमा नियमित रुपमा स्यानिटरी प्याडको प्रयोग गर्नुपर्ने भएको कारण पनि यसको संख्या धेरै देखिएको हो ।

पछिल्लो समय भारतमा प्रयोग भईसकेको स्यानिटरी प्याडको व्यवस्थापनको विषयले निकै चर्चा पाएको छ । (बीबीसी हिन्दीबाट)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here