एनएमबि लघुवित्तको सेयरमा मूल्य समायोजन, प्रतिकित्ता कति तोकियो ?

काठमाडौं, १४ पुस । एनएमबि लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले संस्थाको १९ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन गरेको हो ।

समायोजनपछि प्रतिकित्ता यसको भाउ ९८४ रुपैयाँ तोकिएको छ । मंगलबार यही मूल्यलाई आधार मानेर सेयर कारोबार खुला भएको छ । नेप्सेले सोमबार अन्तिम कारोबार मूल्य ११ सय ७१ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

एनएमबिले पुस २७ गते वार्षिक साधारण सभा बोलाएको छ । सभामा कम्पनीले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । सभा प्रयोजनका लागि यसले पुस १४ गतेदेखि २७ गतेसम्म बुक क्लोज गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here