सर्वोत्तम सिमेन्टले बुक विल्डिङ विधिबाट आइपीओ निष्कासन गर्ने

काठमाडौं, १४ पुस । सर्वोत्तम सिमेन्ट लिमिटेडले बुक बिल्डिङ विधिबाट आइपीओ निष्कासन गर्ने भएको छ ।

सिमेन्ट उद्योग सञ्चालक समितिको बैठकले माघ ६ गते हुने दोस्रो वार्षिक साधारण सभामा बुक बिल्डिङ विधिबाट आइपीओ जारी गर्ने प्रस्ताव लैजाने निर्णय गरेको हो ।

सर्वसाधारणले बुक विल्डिङ विधिबाट आइपीओ खरिद गर्दा न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्नेछ । न्यूनतम बाँडफाँट हुने कित्ता पनि ५० नै रहनेछ ।

साथै, चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको प्रस्तावलाई पनि सभाले अन्तिम रुप दिनेछ ।

यस्तै, कम्पनीले साधारण सभामा वार्षिक प्रतिवेदन पेश गर्ने, आर्थिक वर्ष २०७६/७७ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने लगायत प्रस्ताव मुख्य एजेण्डाको रुपमा लैजाने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here