शेयर बजार ५.५७ अंकले बढ्दा ४ अर्बको कारोबार

काठमाडौं, १४ पुस । मंगलवार नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ । आज नेप्से परिसूचक ५.५७ अंकले बढेर २ हजार १२.८९ अंकमा पुगेको छ ।

आज ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स भने घट्यो । सेन्सेटिभ इन्डेक्स ०.१३ अंकले घटेर ३ सय ८२.४४ अंकमा झरेको छ ।

मंगलवार उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त र निर्जीवन बीमा बोहक अन्य सबै समुहको सूचक घट्यो । उत्पादन तथा प्रशोधन समुहको सूचक ४ प्रतिशत बढ्यो । त्यस्तै, अन्य समुहको ३.२९ प्रतिशत, लघुवित्त समुहको ०.३६ प्रतिशत र निर्जीवन बीमाको ०.१३ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै जलविद्युत समुहको सूचक घट्यो । जलविद्युतको सूचक १.१८ प्रतिशत घट्यो । त्यस्तै, विकास बैंकको ०.८९ प्रतिशत, बैंकिङ समुहको ०.६३ प्रतिशत घट्यो ।

आज २ सय ९ कम्पनीको ८० लाख १ हजार ३ सय १४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ९ करोड २२ लाख २७ हजार ८ सय २ रुपैयाँको कारोबार भयो ।

मंगलवार सबैभन्दा धेरै सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको शेयर धनीले कमाए । सटिजन इन्भेष्टमेन्ट ट्रष्टको शेयर मूल्य ९.९९ प्रतिशत बढ्यो । त्यस्तै, नारायणी विकास बैंकको ९.८९ प्रतिशत, हिमालयन जेनेरल इन्स्योरेन्सको ७.५० प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा बहुउदेश्य फाइनान्सका शेयर धनी छन् । फाइनान्सको शेयर मूल्य ६ प्रतिशत घट्यो । त्यस्तै, सेन्ट्रल फाइनान्सको ४.०९ प्रतिशत घट्यो ।

आज सबैभन्दा धेरै कारोबार नबिल बैंकले गर्यो । बैंकले आज ५३ करोड १ लाख ७७ हजारको कारोबार गर्यो । बैंकको शेयर मूल्य प्रतिकित्ता ७ रुपैयाँ बढ्दै १ हजार ३ सय ८६ रुपैयाँ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here