विकसित राष्ट्रहरू ‘जि–२०’ को बौद्धिक समूह बैठकमा डा. महतले सम्बोधन गर्ने

काठमाडौँ, १० जेठ (रासस) । विकसित राष्ट्रहरुको अन्तर्राष्ट्रिय मञ्च ‘जि–२०’लाई विश्वव्यापीरूपमा देखिएका दिगो विकासका चुनौतीहरुहरुका सन्दर्भमा आवश्यक सुझाव दिन बनेको बौद्धिक समूहको शिखर बैठकमा सहभागी हुन नेपाली काग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महत गए राति जापान प्रस्थान गरेका छन् ।

जापानको राजधानी टोकियोमा आजदेखि चार दिनसम्म (मे २४ देखि २७) सञ्चालन हुने सो शिखर बैठकमा पूर्व परराष्ट्रमन्त्री समेत रहेका डा.महतले जि–२० लाई आवश्यक सुझाव दिनका लागि बनेको बौद्धिक समूह बैठकलाई नेपालको तर्फबाट सम्बोधन गर्नेछन् ।

जि–२० समूहले दिगो विकासका लागि विश्वव्यापीरूपमा देखिएका चुनौतीहरुको समाधानका लागि आवश्यक सुझावहरु संकलन गर्न सो बौद्धिक समूहको गठन गरेको हो ।

सहमहामन्त्री डा.महतले ती चुनौतीहरुको समाधानका पक्षमा विश्वव्यापी सुशासन लगायतका विषयमा नेपालजस्तो अति कम विकसित राष्टहरुका तर्फबाट धारणा राख्नेछन् ।

सो बैठकमा जि–२० समूहका सदस्य राष्ट्रका तर्फबाट विशेषज्ञहरुको सहभागिता हुने छ । ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here