एसईईको लागि आवेदन र रजिष्ट्रेशन फारम खुल्यो, अन्तिम म्याद कहिले ?

काठमाडौं, १५ पुस । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको आवेदन फारम खुलाएको छ।

बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले २०७८ सालमा सञ्चालन हुने एसईईमा समावेश हुनको लागि रजिस्ट्रेसन फाराम खुला गरेको हो ।

बोर्डले जारी गरेको सूचनाअनुसार एसईईमा सहभागी हुन यही पुस १६ गतेदेखि माघ २१ गतेसम्म आवेदन फाराम भर्न सकिनेछ।

२०७७ सालमा कक्षा १० मा नियमित अध्ययन गरेको विद्यार्थी, माध्यमिक तहको खुला तथा वैकल्पिक विद्यालय, अनौपचारिक पौढ विद्यालय र प्राविधिक धारतर्फका विद्यालयमा अध्ययनरत विद्यार्थी समेतलाई आवेदन खुला गरेको हो।

बोर्डका अनुसार आवेदन फारम पुस १६ देखि माघ २१ गतेसम्म भरिसक्नुपर्नेछ। यस्तै यो वर्षको कक्षा ९ मा साधारण तथा प्राविधिकतर्फ पढिरहेका विद्यार्थीहरुका लागि पनि रजिष्ट्रेशन फारम भर्न बोर्डले आग्रह गरेको छ ।

आउँदो वर्ष परीक्षा दिनका लागि भोलिदेखि माघ २१ गतेसम्म रजिष्ट्रेशन फारम भर्नुपर्ने बोर्डको परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले जनाएको छ ।

यस्तै यो वर्षको कक्षा ९ मा साधारण तथा प्राविधिकतर्फ पढिरहेका विद्यार्थीहरुका लागि पनि रजिष्ट्रेशन फारम भर्न बोर्डले आग्रह गरेको छ ।

आउँदो वर्ष परीक्षा दिनका लागि भोलिदेखि माघ २१ गतेसम्म रजिष्ट्रेशन फारम भर्नुपर्ने बोर्डको परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here