चन्द्रागिरी हिल्सको आइपीओ बाँडफाँड हुँदै, सर्वसाधारणका लागि कहिले ?

काठमाडौं, १५ पुस । चन्द्रागिरी हिल्स लिमिटेडको आइपीओ बुधबार बाँडफाँड हुने भएको छ ।

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको आफ्नै कार्यालय नक्साल काठमाडौंमा दिउँसो ३ बजे आइपीओ बाँडफाँड गर्न लागेको हो ।

चन्द्रागिरी हिल्सले मंसिर १७ गते बुधबारदेखि पौष १ गतेसम्म आयोजना प्रभावित स्थानियहरूका लागि आइपिओ बिक्री गरेको थियो ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि ३ लाख ६ हजार ८१९ कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।

यसमा १६ करोड ८५ लाख ५३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । बिक्री प्रबन्धक ग्लोेबल आइएमई क्यापिटलका अनुसार ४ हजार ८१४ जनाले १६ लाख ८५ हजार ५३० कित्ताका लागि आवेदन दिएका हुन् । यो आवेदन मागभन्दा ५.४९ गुणा बढी हो ।

यसमा आयोजना प्रभावित क्षेत्र काठमाडौं जिल्ला अन्तर्गत चन्द्रागिरी नगरपालिका वडा नं ३,४,६ र ७ (साविक थानकोट गाविसका सम्पूर्ण वडाहरु) तथा साविकको महादेवस्थान गाविसका वडा नं ३,४,५,६,७ र ८ का बासिन्दाले आवेदन दिन सक्ने व्यबस्था थियो ।

साथै, मकवानपुर जिल्ला अन्तर्गतको थाहा नगरपालिका वडा नं ९ र १० (साविकको चित्लाङ्ग गाविसको सबै वडाहरु) र इन्द्रसरोवर गाउँपालिका वडा नं ५ (साविक फाखेल गाविसका सम्पूर्ण वडाहरु) मा स्थायी बसोबास गर्ने नेपाली नगरिकले आवेदन दिन सक्ने व्यबस्था थियो । यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गरेको छ ।

यसले चन्द्रागिरी थानकोटमा केबुलकार सञ्चालन गरिरहेको छ । उक्त सेयर बाँडफाँड भए पश्चात दोश्रो चरणमा १५ लाख ३४ हजार ९१ कित्ता साधारण सेयर (आइपीओ) सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here