प्रभु लाइफको शेयर आइतबारबाट कारोबारमा ल्याउने कम्पनीको तयारी

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले आफ्नो शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकरणको लागि प्रकृया अघि बढाएसंगै कम्पनीले आइतबारदेखि शेयर कारोबार गर्ने तयारी गरेको छ ।

कम्पनीका अनुसार नेप्सेमा सूचीकरण हुनको लागि आवश्यक पर्ने सबै काम सकिएको छ । शुक्रबारसम्म शेयर नेप्सेमा सूचीकरण भएमा आइतबारबाट बजारमा कारोबारमा आउनेछ ।

गत मंसिर २९ गते देखि पुस २ गतेसम्म ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्काशनमा ल्याएको कम्पनीले ५४ लाख कित्ता शेयरमा सर्वसाधारणले निष्काशनमा ल्याएको थियो ।

आईपीओ निष्काशन भएसंगै कुल कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here