शेयर बजारमा उछाल, नेप्से ४९ अंकले बढ्दा साढे ४ अर्बको कारोबार

काठमाडौं । केही दिनदेखि सामान्य अवस्थामा रहेको शेयर बजारमा बुधवार उछाल देखिएको छ । आज नेप्से परिसूचक ४९.१७ अंकले बढेर २ हजार ६२.०६ अंकमा पुगेको छ ।

आज ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि बढ्यो । सेन्सेटिभ इन्डेक्स ८.८६ अंकले बढेर ३ सय ९१.३० अंकमा पुगेको छ ।

आज होटल र विकास बैंक बाहेक अन्य सबै समुहको सूचक बढ्यो । होटलको सूचक १.०१ प्रतिशत र विकास बैंकको सूचक ०.०४ प्रतिशत घट्यो । सबैभन्दा धेरै ट्रेडिङ समुहको सूचक बढ्यो । ट्रेडिङको सूचक ९.४५ प्रतिशत बढ्यो । त्यस्तै, उत्पादन तथा प्रशोधन समुहको ६.८३ प्रतिशत, अन्य समुहको ४.६८ प्रतिशत बढ्यो ।

बुधवार २०८ कम्पनीको ९९ लाख १० हजार ३ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४४ करोड ६२ लाख २२ हजार ५ सय ७९ रुपैयाँको कारोबार भयो ।

आज साल्ट ट्रेडिङको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । कम्पनीको शेयर मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै, हिमालयन डिस्टिलरी र सिटिजन इन्भेष्टमेन्टको ९.९९ प्रतिशत बढ्यो ।

सबैभन्द धेरै गुमाउनेमा नारायणी विकास बैंकका शेयर धनी छन् । बैंकको शेयर मूल्य १० प्रतिशत घट्यो ।

आज सबैभन्दा धेरै कारोबार शिवम् सिमेन्ट कम्पनीले गर्यो । कम्पनीले ३४ करोड ४४ लाख ६९ हजार रुपैयाँको कारोबार गर्यो । त्यस्तै, एनआइसी एसियाले ३२ करोड २३ लाख ६५ हजार रुपैयाँको कारोबार भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here