एडीबीले १८ अर्ब २५ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण दिने

काठमाडौं, १५ पुस । एसियाली विकास बैंक (एडीबी) ले नेपालको विद्युतीय ग्रीड आधुनिकीकरणका लागि १८ अर्ब २५ करोड रुपैयाँ (अमेरिकी डलर १५६ मिलियन बराबर) को ऋण दिने भएको छ ।

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा सरकारको तर्फबाट सहसचिव श्रीकृष्ण नेपाल र एसियाली विकास बैंकका नेपाल आवासीय कार्यालयका अफिस इन्चार्ज रुडी भ्यान डेलले ऋण सम्झौतामा हस्ताक्षर हस्ताक्षर गरेका हुन् ।

विद्युतीय ग्रीड आधुनिकीकरण आयोजनाको कुल लागत करिब २२ अर्ब ८१ करोड रुपैयाँ (अमेरिकी डलर १९५ मिलियन बराबर) रहेकोमा १८ अर्ब २५ करोड एसियाली विकास बैंक र बाँकी ४ अर्ब ५६ करोड रुपैयाँ (अमेरिकी डलर ३९ मिलियन बराबर) नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको स्रोतबाट व्यहोरिनेछ ।

यो आयोजनाले विद्युत् वितरणसम्बन्धी तीनओटा मुख्य क्रियाकलापलाई जोड दिएको छ । विद्युत् सबस्टेसनलाई स्वचालित बनाउने, विद्युत् वितरणलाई विश्वसनीय र गुणस्तरीय बनाउने काम आयोजनाले गर्ने सहसचिव नेपालले बताए ।

आयोजनाले विद्युत् प्राधिकरणको संस्थागत क्षमता अभिवृद्धि गर्नलाई सहयोग गर्ने विश्वास गरिएको छ । आयोजना पाँच वर्षमा सम्पन्न हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here