नेपाल बैंकको शेयर मूल्य समायोजन

काठमाडौं, १६ पुस । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नेपाल बैंक लिमिटेडको शेयर मुल्य समायोजन गरेको छ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरणका लागि बुक क्लोज गर्ने भएपछि नेप्सले उक्त कम्पनीको शेयर मुल्य समायोजन गरेको हो।

बैंकले आगामी पुस २९ गते बार्षिक साधारण सभा हुदैछ । त्यसको प्रयोजनका लागि बुक क्लोज भएपछि नेप्सले शेयर मुल्य समायोजन गरेको हो।

मुल्य समायोजन पछि बैंकको नयाँ शेयर मुल्य प्रतिकित्ता ३३१ रुपैयाँ पुगको छ। यसअघि बैंकको शेयर मुल्य ३७१ रुपैयाँ थियो। बैंकले गत आवको नाफाबाट १२ प्रतिशत बोनस शेयर दिदैंछ। नेप्सेले सोही आधारमा बैंकको नयाँ शेयर मुल्य निर्धारण गरेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here