तीन वाणिज्य बैंकसहित ८ कम्पनीको शेयरमूल्य समायोजन, कुन कम्पनीको कति ?

काठमाडौं, १६ पुस । । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले तीन वाणिज्य बैंकसहित ८ कम्पनीको शेयरमूल्य समायोजन गरेको छ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरणका लागि बुक क्लोज गर्ने भएपछि नेप्सले उक्त कम्पनीको शेयर मुल्य समायोजन गरेको हो।

समायोजन भएकोमा नेपाल बैंक, एनएमबि बैंक, ,सेञ्चुरी कर्मशियल बैंक , बरुण हाइड्रोपावर ,साना किसान लघुवित्त, साधना लघुवित्त, शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक र कामना सेवा विकास बैंक रहेका छन् । नेप्सेले नेपाल बैंकको बोनसपछिको मूल्य ३३१ रुपैयाँ तोकेको छ ।

त्यस्तै १३ प्रतिशत बोनस शेयर र ३ दशमलव २० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको एनएमबि बैंकको शेयरमूल्य बोनसपछि ३७८ रुपैयाँ तोकिएको छ भने ५ दशमलव २५ प्रतिशत बोनस शेयर र २ दशमलव २५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको सेञ्चुरी कर्मशियल बैंकको बोनस पछिको शेयरमूल्य १९९ रुपैयाँ तोकिएको छ ।

कामना सेवा विकास बैंकको ४ दशमलव ४० प्रतिशत बोनस शेयरमा नेप्सेले २१६ रुपैयाँ मूल्य कायम गरेको छ । यस बैैंकले बोनस सशित शून्य दशमलव २३ प्रतिशत नगद लाभांश समेत प्रस्ताव गरेको छ । १३ प्रतिशत बोनस शेयर प्रस्ताव गरेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको बोनसपछि समायोजन भएको मूल्य २३५ रुपैयाँ तोकिएको छ ।

त्यसैगरी १८ प्रतिशत बोनस शेयर र शून्य दशमलव ९४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको साधना लघुवित्त वित्तीय संस्थाको बोनसपछिको मूल्य १ हजार ३८ रुपैयाँ, २५ प्रतिशत बोनस शेयर र १ दशमलव ३१५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको साना किसान लघुवित्तको बोनसपछिको मूल्य १ हजार ४१५ रुपैयाँ र ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव २६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको बरुण हाइड्रोपावर कम्पनीको बोनसपछिको मूल्य नेप्सेले १७१ रुपैयाँ तोकेको छ ।

बिहीवारदेखि यी कम्पनीहरुको शेयर खरिद गर्नेहरुले प्रस्तावित लाभांश पाउनेछैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here